फरिदाबादमा नेपालका २१ अधिकारीलाई प्रशिक्षण
काठमाडौं । नेपाल सरकारका २१ अधिकारीहरूको तेस्रो समूहले भारतको फरिदाबाद स्थित नेश्नल एकेडेमी अफ कस्टम इण्डाइरेक्ट ट्याक्स एण्ड नार्कोटिकमा “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे ६ दिने प्रशिक्षण दिइएको छ ।
नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरूका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो ।
नेपाल सरकारका विभिन्न निकायहरूको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।
भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।
यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरूलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ ।
यसअघि नेपाली अधिकारीहरूका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा एनएसीआईएन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया