साइकल मन्त्रीको जिल्लामा कांग्रेसको सानदार जित

मोरङ । मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लाल किल्ला नेपाली कांग्रेसले तोडेको छ ।

यो गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

नेपाली कांग्रेसका शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् ।

नेकपाका पंकज मण्डलले १४९७ मत ल्याएका छन् । नेपाली कांग्रेसका साहले १७०१ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ ।

कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो ।

मोरङ नेकपाका नेता एवम् साइकल मन्त्रीका रुपमा चर्चा कमाएका लालबाबु पण्डितको गृहजिल्ला पर्छ ।

Published : Sunday, 2019 December 1, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया