भरतपुरमा कांग्रेसले विजयी जुलुस निकाल्ने, मतदातासँग खुसी साट्ने

भरतपुर । चितवन जिल्लाको ३ वटा वडाको उपनिर्वाचनमा विजयी हासिल गरेको नेपाली कांग्रेसले चितवनमा विजयी जुलुस निकाल्ने भएको छ ।

आइतबार (आज) नेपाली कांग्रेसले चितवनमा विजयी जुलुस निकाल्ने तयारी गरेको चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा भरतपुरको वडा नम्बर १६ मा अमृत हमाल, खैरहनी वडा नम्बर ४ मा देवबहादुर बस्नेत र खैरहनी वडा नम्बर ५ मा प्रतिमा कार्की वडाध्यक्षमा विजयी भएका छन् ।

विजयी जुलुस मध्यान्ह साढे १२ बजे भरतपुरको चौवीसकोठीबाट हुनेछ ।

Published : Sunday, 2019 December 1, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया