घोराहीमा महरा–पोखरेलको वडा कांग्रेसले खोस्यो, मध्यराति कम्युनिस्टहरूकाे भागाभाग

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी वडाध्यक्षमा विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका छन् ।

समाजवादी पार्टीकी उम्मेदवार विमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए ।

जसमध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए ।

बुढाको निधन भएपछि वडा नम्बर १६ मा उपनिर्वाचन भएको हो । याे वडा नेकपाका कृष्णबहादुर महरा र प्रदेश २ का मुख्यमन्त्री शंकर पाेखरेलकाे वडा पर्छ ।

वडा नम्बर १६ मा पराजित भएपछि नेकपाकी सचेतक शान्ता चाैधरीसहितका नेकपाका नेता तथा कार्यकर्ताहरू कालाेनिलाे हुँदै बाहिरिएका थिए ।

Published : Sunday, 2019 December 1, 6:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया