कांग्रेसले आफ्नै वडा बचाउन सकेन
चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केदारनाथ आचार्य विजयी भएका छन् ।
आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई पराजित गरेका छन् । नेकपाका आचार्यले ७१२ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका तामाङले ४३९ मत प्राप्त गरेका थिए ।
यसअघि वडा नम्बर ८ मा नेपाली कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा नेपाली कांग्रेसले यो वडा गुमाएको छ ।
ईन्द्रावती गाउँपालिका ८ मा भएको उपचुनावमा एक हजार एक सय ७७ मत खसेको छ ।
१२ मत बदर भएको थियो । एक हजार चार सय ४ मतदाता रहेकोमा ८३.६९ प्रतिशत मत खसेको हो ।
नेपाली कांग्रेसका वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन भएको थियो ।
Published : Saturday, 2019 November 30, 10:33 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया