कांग्रेसले बैतडीबाट खाता खोल्यो, फहरियो चारतारे झण्डा

बैतडी । बैतडी जिल्लाको सूर्नया गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।

नेपाली कांग्रेसका चन्दले २१९ मत पाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धनबहादुर चन्दले २१५ मत पाएका छन् । नेकपाका धनबहादुर चन्द ४ मतले पराजित भएका हुन् ।

सूर्नय गाउँपालिकामा ४३८ मत खसेको थियो । त्यसमध्ये चार मत बदर भएको थियो ।

नेपाली कांग्रेसले सूर्नया गाउँपालिकाको वडा नम्बर १ बाट विजयीको खाता खोलेको छ ।

यसअघि नेकपाले पाँच वटा वडाध्यक्षमा विजयी भइसकेको छ । समाजवादी पार्टीले एउटा वडाध्यक्ष जितेको छ ।

Published : Saturday, 2019 November 30, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया