देउवाले कम्युनिस्टलाई विश्वास गरेनन्, सर्तकता अपनाउन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनेभन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

सभापति देउवाले शनिबार बेलुका विज्ञप्ति जारी गरेर दुईतिहाइको कम्युनिस्ट सरकारको आलोचना गरेका हुन् ।

‘प्रतिकुल वातावरणमा मतदानमा सहभागी सबै मतदाताप्रति आभार प्रकट गर्दछु’, उनले भनेका छन्, ‘मतगणना लगायतको बाँकी कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई आव्हान गर्दछु ।’

सभापति देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता राख्न उपनिर्वाचन सम्पन्न भएका सबै ठाउँका साथीहरूलाई सजगता रहन अपील गरेका छन् ।

देउवाले निर्वाचनमा अहोरात्र खटिएका पार्टीका सबै तहका साथी एवं शुभचिन्तकहरूमा निरन्तर उत्साह र कृयाशीलताका लागि अपील समेत गरेका छन् ।

Published : Saturday, 2019 November 30, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया