कम्युनिस्टद्वारा पोखरामा कांग्रेसका केन्द्रीय सदस्यमाथि आक्रमण
पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी बसेको होटेलमा तोडफोड गरेका छन् ।
पोखरास्थित पोखरा बुटिक होटेलको रिसेप्शनमा नेकपाका कार्यकर्ताहरूले शुक्रबार मध्यरात तोडफोड गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशी सोही होटेलमा बास बसेका थिए ।
नेकपाका कार्यकर्ताहरूले मध्यराति होटलमा आएर कांग्रेसका नेता जोशी खोइभन्दै तोडफोड गरेको प्रत्यक्षदर्शी होटेलका कर्मचारीहरूले बताएका छन् ।
होटलका कर्मचारीहरूका अनुसार तोडफोडमा संलग्नहरूको भिडियो सीसी क्यामेरामा कैद भएको बताएका छन् ।
शनिबारको उपनिर्वाचनलाई निरुत्साहित गर्ने उद्देश्यले नेकपाका नेता तथा कार्यकर्ताहरूको डिजाइनमा आफूमाथि आक्रमण भएको हुन सक्ने केन्द्रीय सदस्य जोशीले बताए ।
कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल बलियो भएर अगाडि आएपछि हतासमनस्थितिमा पुगेका नेकपाका कार्यकर्ताहरूले आक्रमणको प्रयास गरेको हुन सक्ने जोशीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया