कृष्णबहादुर महराका गुरुपनि चेलाकै जस्ताे याैनकाण्डमा पक्राउ
काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती भ्याएको अभियोगमा सभामुख पद गुमाएर डिल्लीबजार कारागारमा थुनामा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराका गुरु पनि यौनकाण्डमा परेका छन् ।
भण्डारी थरकी एकजना युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिद्धबाबालाई सुनसरीको चतरास्थित आश्रमबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
सिद्धबाबालाई जाहेरीकर्ता महिलाले लामो समयदेखि एसएमएस पठाउने गरेको खुलेको छ । ती महिलाले बाबालाई हालसम्म ५२ वटा मोवाइल एसएमएस पठाएको पाइएको छ ।
ती महिलाले एसएमएसमा बाबाप्रति आशक्ति देखाएको देखिन्छ । सिद्धबाबाले भने उनको एसएमएसको कुनै प्रतिकृया जनाएका छैनन् ।
‘बाबा हजुरको म भक्त हुँ । हजुरलाई म चाहेको कुरा पुरा गर्दिन्छु । हजुरसँग भेटेर प्यास मेट्न चाहन्छु । हजुर किन रिसाइसिन्छ’ जस्ता विभिन्न शव्द प्रयोग गरेर एसएमएस पठाएकी छिन् ।
बाबालाई पठाइएका ती सबै एसएमएस प्रहरीले फेला पारेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया