प्रभु बैंकका कर्मचारीमाथि ‘डन’ बने शेरचन
काठमाडौं । एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत हत्याइएको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा राष्ट्र बैंकले छानविन गरिरहेको प्रभु बैंक अर्को लफडामा फसेको छ ।
पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद वास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धानन गरिरहेको छ ।
खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक्त जग्गा धितो राखी प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको मुद्दा अहिले कास्की जिल्ला अदालतमा विचाराधिन छ ।
बैंक व्यवस्थापन स्रोतका अनुसार यसरी अनियमित रुपमा ऋण प्रवाह गर्दा प्रभु बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै गएको छ ।
नातागोता र कमिसनको चक्करमा परेर कर्जा लगानी गर्दा बैंक जोखिममा परेको छ । बैंकभित्र यतिसम्मको गुटवन्दी बढेको छ कि प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले आफू निकटका व्यक्तिहरूलाई मात्र आकर्षक ठाउँमा राख्ने गरेका छन् ।
केही समय अगाडि बैंकका गैरकानूनी काम र सिइओ शेरचनको मनपरीको विषयमा हक हितका लागि आवाज उठाउने बैंकहरूको ट्रेड यूनियनको अध्यक्ष समेत रहेका प्रभु बैंक ट्रेड यूनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र कोषाध्यक्ष प्रतीक्षा कोइरालालाई सिइओ शेरचनले निलम्बन गरेका छन् ।
सरुवा र बढुवामा पनि मनपरी गर्न थालेपछि अधिकारी र कोइरालाले त्यसकोविरुद्ध आवाज उठाएका थिए । शेरचनले उनीहरूलाई जागिरबाट हटाइदिने भन्दै धम्क्याएर निलम्बन गरेको बैंक स्रोतले जनाएकाे छ ।
यस बारेमा सिइओ शेरचनसँग कुरा गर्दा उनले कर्मचारीहरू नै बैंकविरुद्ध लागेकाले अधिकारी र कोइरालालाई निलम्बन गरिएको स्वीकारेका छन् ।
उनीहरूसँग वार्ता भइरहेको पनि शेरचनले बताए । शेरचनमाथि महिला कर्मचारीलाई दुर्व्यवहार गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।
शेरचनले ११ जनाको यूनियनको कमिटीमा बहुमतमा आफू निकटकालाई राखेर यूनियनभित्र पनि खेल्दै आएको पीडित एक कर्मचारीले बताएका छन् ।
राष्ट्र बैंकका केही कर्मचारीहरूलाई हातमा लिएर सिइओ शेरचनले आफ्नाे बैंकका कर्मचारीहरूमाथि ज्यादती गरिरहेको एक कर्मचारीले बताए ।
तत्कालीन किष्ट बैंकका कर्मचारीहरूलाई उनले लामो समयदेखि राजधानी बाहिर पठाउने गर्दै आएका छन् । त्यस बारेमा पनि बैंकभित्र विरोध हुँदै आएको छ । सिइओ शेरचनको गुटवन्दीका कारण बैंकका अधिकांश कर्मचारीहरू उनीसँग रुष्ट छन् ।
जानकी मेडिकल कलेजको नाममा करोडौं ऋण प्रवाह गरेको प्रभु बैंकले प्रत्येक वर्ष भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गरेर चरम अनियमितता गर्दै आएको छ ।
जसलाई प्रभु बैंकले नै साथ दिएर ऋण प्रवाह गरिरहेको छ । बढी ऋण लिनकै लागि प्रभु बैंककै सिइओ शेरचनकै इशारामा कलेजले काम गर्दै आइरहेको कलेज स्रोतले जनाएकाे छ । यसका लागि पनि शेरचनले राष्ट्र बैंकसँग सेटिङ मिलाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया