बानेश्वरमा सत्तारुढ अखिलका ‘गुण्डा’हरूको आतंक, नेविसंघमाथि आक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निटको अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई सांघातिक आक्रमण भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित मीनभवन क्याम्पसमा बुधबार दिउँसो अनेरास्ववियुका नेताहरूले नेविसंघका मीनभवन क्याम्पस ईकाइ अध्यक्ष सरोज तिमल्सिना, निरज शाह लगायत दश जनालाई खुकुरी हानेर घाइते बनाएका हुन् ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले सत्ताको आडमा नेकपाका अराजक जत्थाले नेविसंघका भाईहरूलाई ज्यान लिने उदेश्यले आक्रमण भएको बताए ।

नेपाल कमर्श क्याम्पस मीनभवनका क्याम्पस प्रमुख जीवन भट्टराईको मिलोमतो र मीनभवन अखिलका अध्यक्ष बम रावलको निर्देशनमा अखिलका गुण्डाहरू विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवश सापकोटा, प्रकाश रावल लगायतले आक्रमण गरेको शाहले बताए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले बिहीबार बिहान घाइते तिमल्सिनासँग भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

खुकुरी प्रहार गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । नेविसंघले बानेश्वर प्रहरीका डीएसपी पवन भट्टराईले समेत अनेरास्ववियुलाई साथ दिएको आरोप लगाएको छ ।

डीएसपी भट्टराईले नेविसंघका नेता दुजाङ शेर्पासहितका विद्यार्थीलाई अन्धाधुन्द रुपमा कुटपिट गरेको शाहले बताए ।

केही दिन अगाडि मात्रै त्रिचन्द्र क्याम्पसमा अखिलका अध्यक्षले क्याम्पस प्रमुखलाई नै नाक भाँच्चिने गरी कुटपिट गरेका थिए ।

यसैबीच नेविसंघले बिहीबार अखिलको आक्रमण र प्रहरीको ज्यादतीविरुद्ध मीनभवनमा प्रदर्शनको कार्यक्रम राखेको छ । प्रदर्शन एक बजे हुनेछ ।

Published : Thursday, 2019 November 28, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया