आईबक्स्योस् विद्या भण्डारीजी चितवनमा कांग्रेससंग चुनाव लड्नः गगन थापा
भरपुर । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चितवनमा आएर निर्वाचन लड्न लकारेका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा बुधबार आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै थापाले कुरा नलिमेर झगडा गरेका खड्गप्रसाद ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’को कुरा मिलाइदिने महामहिम राष्ट्रपतिजी आउनुस् चितवनमा चुनाव लडौँ भनेर ललकारेका हुन् ।
‘राष्ट्रपति विद्यादेवी भण्डारी मेरा निम्ति आमातुल्य हो । महामहिम हो । राष्ट्रपति हो । राष्ट्राध्यक्ष हो’, नेपाली कांग्रेसका युवा नेता थापाले भनेका छन्, ‘तर केही दिन अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली र प्रचण्डबीचको झगडा मिलाउनका निम्ति विद्यादेवी भण्डारी बैठकमा गएर सञ्चालन गर्नुभयो ।’
‘चार जना मन्त्रीको भाग माग्ने । राजदूत माग्ने । विश्वविद्यालयको उपकूलपति माग्ने’, उनले भने, ‘त्यति भइसकेपछि चितवनको सडकमा आउँदै गर्दा तपाई र मैले महामहिम विद्यादेवी भण्डारीलाई अभिवादन महामहिम राष्ट्रपतिजी भन्ने कि ? मदन भण्डारीले राजा वीरेन्द्रलाई भने जस्तै शीतल निवासमा बसेर आँखा नझिम्काइ बक्स्योस् । तपाई महारानी होइन । हात नलम्काई बक्स्योस् ।’
‘आईबक्स्योस् चितवनको मैदानमा चुनाव लडौँ तपाईसँग भनेर भन्ने कि नभन्ने ?’, थापाले प्रश्न गर्दै भनेका छन्, ‘भन्ने मन छैन ? योभन्दै गर्दा रत्तिभर खुसी लागेको छैन । गणतन्त्रको लागि लडेर आएको मान्छे हुँ म । मेरो महामहिम राष्ट्रपतिका बारेमा सार्वजनिक कार्यक्रममा टिकाटिप्पणी गर्ने एक रत्तिपनि मन थिएन । तर गर्नुपर्ने बेला आएको छ ।’
‘संविधानले व्यवस्था गरेका यस्ता तमाम व्यवस्थाहरूका बारेमा हामी कुराकानी गर्न सक्छौँ’, उनले भने, ‘संविधानले दिएको अधिकार र मर्यादा विपरित कोही पनि जान मिल्दैन । संविधानको कार्यान्वयन गर्नुपर्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता थापाले आफूहरूले चितवनमा माओवादीलाई भोट हालेर गम्भीर गल्ती गरेको भन्दै माफी मागेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा आफूहरूले रेणु दाहाललाई भोट हाल्न लगाएर गम्भीर गल्ती गरेको थापाले बताए ।
नेता थापाले आफूहरूले हँसिया हथौडामा भोट हाल्न लगाउँदा तत्कालीन माओवादी र एमालेलाई फाइदा पुगेको बताए ।
छुट्टाछुट्टै चुनावमा भाग लिँदा नेपाली कांग्रेसले जित्ने डरले सत्ता भोग गर्नका लागि एमाले र माओवादीले पार्टी एकीकरण गरेर अगाडि बढेको थापाले बताए ।
नेता थापाले सो चुनावीलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए ।
प्रधानमन्त्री भएपछि ओलीले दुई वर्षभित्रमा पूर्व पश्चिम राजमार्ग ६ लेनको बनाउने, पानीजहाज चलाउने, रेल चलाउने सपना देखाएको भएपनि कुनै पनि कुरा पूरा हुन नसकेको थापाले बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भ्रष्टाचारमा कम्युनिस्ट सरकार डुबेको बताइन् । उनले दोषीहरूलाई कारबाही गर्नुको साटो बालुवाटारभित्र राखेर संरक्षण भएको बताइन् ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वडा नम्बर १६ मा जसरी पनि चुनाव जितेर देखाउने बताए ।
तरुण दलका कार्यकर्तालाई निर्देशन दिँदै श्रेष्ठले बुधबार साँझदेखि वडा नम्बर १६ मा सरकारी सवारी साधन र सरकारी व्यक्तिलाई प्रवेश निधेष गर्न भनेका छन् ।
सर्वदलीय सहमति अनुसार नै उपनिर्वाचन हुने क्षेत्रमा सरकारी सवारी साधन र सरकारी व्यक्तिलाई प्रवेश रोक्न लागिएको भन्दै श्रेष्ठले सरकारी पद धारण गरेका व्यक्ति गएको खण्डमा नियन्त्रणमा लिन समेत तरुण दललाई आग्रह गरेका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया