नरपानीमा बस दुर्घटना, १९ को मृत्यु

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बस दुर्घटना भएको छ ।

बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

अहिलेसम्म १९ जनाको मृत्यु भएको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिएका छन् ।

गाडी धनी सन्तोष बस्नेतको उपचारको क्रममा चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य मृतकको भने सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

घाइतेको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Published : Thursday, 2019 November 28, 1:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया