कांग्रेस धरानमा लोकप्रिय भएपछि कम्युनिस्ट वडाध्यक्षले देखाए हर्कत

धरान । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता एवम् धरान उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष नरेश इवारमको घरबाट हतियार सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष इवराम सहितका व्यक्तिहरूलाई हतियार तथा विस्फोटक पदार्थसहित निरञ्जन वस्तीको वडाध्यक्षकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हतियार सहित पक्राउ परेका व्यक्तिहरू बम बनाउने काममा लागेको आशंका अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरूले गरेका छन् ।

कार्यवाहक मेयर भएका इवारमको घरबाट हतियारसहित पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय धरानमा लगिए पनि नेकपाका नेताहरूको व्यापक दवावपछि वडाध्यक्ष इवरामलाई भने तत्काल रिहा गरिएको छ ।

चुनावको मुखमा हतियार सहित पक्राउ परेकाहरुलाई सामान्य तरिकाले नछाड्न ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेलाई अन्य राजनीतिक दलका नेताहरूले भनेका छन् ।

प्रहरीले घटनालाई सामसुम पार्ने प्रयास गरेर अन्य व्यक्तिहरूलाई पनि छोड्ने तयारी गरिएको आशंका स्थानियहरुको छ ।

डीएसपी न्यौपानेले भने केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइ सोधपुछ र अनुसन्धान भइरहेको बताए ।

न्यौपानेले वडाध्यक्षकै घर छेउमा रहेको ग्रील बनाउने ठाउँबाट ८ जना नियन्त्रणमा लिइएको बताए ।

स्थानीयले भने डीएसपी न्यौपाने निर्वाचन विरोधी गतिविधिमा रहेका वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताहरू पक्राउ परेको घटनालाई देखाई वडाध्यक्ष सहित पक्राउ परेको घटनालाई सामसुम पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

कतिपयले दिवंगत मेयर तारा सुव्वाको घरमा स्थानीय तहको निर्वाचनको समयमा बम पड्किएको प्रसङग सम्झिदै अहिले पनि त्यसै गरी सहानुभूतिको लागि बम पड्काउने आसयले नेकपाकै घरमा हतियारसहित जम्मा भएर बम बनाउने काम भएको हुन सक्ने भन्दै निष्पक्ष छानविनको लागि माग गरेका छन् ।

चुनावको मुखमा मतदातालाई प्रभावित पार्न हतियारको खेलमा लागेकाहरूलाई कडा कानूनी कार्वाहीको माग पनि स्थानीयहरूले गरेका छन् ।

Published : Monday, 2019 November 25, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया