ज्ञानेन्द्र शाही कुट्ने अरिँगालले त्रि–चन्द्रका आफ्नै गुरुको नाँक भाँचे

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको राजनीतिक आडमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको अनेरास्ववियुका विद्यार्थीले त्रि–चन्द्र क्याम्पसका प्रमुखलाई कुटपिट गरेका छन् ।

सोमबार बिहान करीव ११ बजेतिर अखिलका त्रिचन्द्र क्याम्पसका ईकाइ अध्यक्ष गोविन्द थपलियाले क्याम्पस प्रमुख प्रा.डा.प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका हुन् । अध्यक्ष थपलियाको कुटपिटबाट कम्याम्पस प्रमुख न्यौपानेको नाक, मुख र शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।

न्यौपानेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । न्यौपानेलाई क्याम्पसभित्र अध्यक्ष थपलियासहितको समूहले सांघातिक आक्रमण गरेको थियो ।

अखिलका अध्यक्ष थपलियालाई प्रहरीले पक्राउ गरेको छ । थपलियालाई छाड्न दवाव दिँदै अखिलका नेता तथा कार्यकर्ताहरूले उच्च राजनीतिक तहलाई दवाव दिएका छन् ।

यसअघि अनेरास्ववियु त्रिचन्द्र क्याम्पसका अध्यक्ष थपलियाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानका अगुवा ज्ञानेन्द्र शाहीलाई ललितपुरमा आक्रमण गरेका थिए ।

नेपालगञ्ज एयरपोर्टमा विमान कुराएको विरोधमा शाहीले पर्यटनमन्त्री योगेश भट्टराईसँग सर्वसाधारणको हैसियतले प्रश्न सोधेका थिए ।

सोही प्रश्न सोधर मन्त्री भट्टराईको अपमान गरेको भन्दै अखिलका त्रिचन्द्रका अध्यक्ष थपलियाले एकहुल विद्यार्थी लगेर ललितपुरमा शाहीको पत्रकार सम्मेलन बिथोल्नुका साथै सांघातिक आक्रमण गरेका थिए ।

थपलियाको ज्यादती पछिल्लो समय बढ्दै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई निकट मानिने थपलियाका अराजक हर्कतबाट त्रिचन्द्र क्याम्पसको व्यवस्थापन र प्रध्यापकहरू आजित बनेका छन् ।

क्याम्पसले ट्युसन फि वृद्धि गरेको आरोप लगाउँदै अखिलका अध्यक्ष थापलियाले क्याम्पस प्रमुख न्यौपानेमाथि आक्रमण गरेका थिए ।

स्रोतका अनुसार क्याम्पस प्रमुख न्यौपानेसँग अखिलका अध्यक्ष थपलियाले क्याम्पसको नयाँ भवन बनाउने ठेक्का माग गरेका थिए ।

आफू निकटकालाई ठेक्का नदिएपछि विभिन्न बहाना बनाएर प्रध्यापकहरूलाई आतंक मच्चाउँदै आएका छन् ।

Published : Monday, 2019 November 25, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया