खम्वुबानले कांग्रेसलाई सघाएपछि धरानमा कम्युनिस्टहरूलाई पसिना छुट्यो

धरान । मंसिर १४ गते हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक खुम्बुवानले नेपाली कांग्रेसका तिलक राईलाई सघाउने भएको छ ।

खम्वुबानको तर्फबाट धरानमा मेयरमा स्तन्त्र उम्मेदवार दिएकी एलिसा राईलाई स्वतन्त्र उम्मेदवार बनाएर चुनाबी प्रचारमा लागे पनि निर्वाचनको संघारमा कांग्रेसका उम्मेदवार तिलक राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।

आइतवार धरान–१२ मा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच कार्यगत एकता घोषणा गर्दै दुई पार्टीबीच विविधतामा एकता स्वशासन र साझा शासनको पद्धति, समृद्ध अनि सम्पन शहर हाम्रो संकल्पको नारामा सहमति भएर कार्यगत एकता गरेको जनाइएको छ ।

कांग्रेस र खम्वुवानबीच सिद्धान्तमा कुनै मेल नखाए पनि धरानको बिकास र समृद्धिमा तिलक राईको नेतृत्व आवश्यक भएकाले कार्यगत एकता भएको संघीय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय महासचिब राजकुमार खम्बुले बताए । उनले भने, ‘हाल नेकपाका कारण धरानमा मौलाएको बेतिथि, बिकृत, भ्रष्टाचारको बिरुद्ध कांग्रेससंगको सहकार्य भएको हो ।’

‘धरानमा हाल एकतन्त्रीय शासनको बिरुद्ध परिबर्तन चाहने भएकाले कांग्रेसलाई रोजको हो’, उनले भने ।

धरान कांग्रेसका पूर्व नगर सभापति किशोर राईले दुई पार्टीबीच भएको कार्यगत एकता एतिहासिक भएको बताए ।

नेकपाले गरेको बेतिथि बिरुद्ध कार्यगत एकता भएकाले यसले नयाँ सन्देश प्रवाह एकता कार्यक्रममा नेताहरूले बताए ।

‘धरानबासीलाई नेकपाले दःखमा पारी रहेको बेला भएको कार्यगत एकताले धराने जनतालाई समृद्धिको बाटो उन्मुख लैजान्छ’, नेता किशोर राईले भने ।

स्तर्फुतरुपमा सहकार्य भएकाले तिलक राईको जितलाई मजबुद भएको र आगमी दिनमा पनि सहकार्य गर्न आग्रह गर्दै रुख चिन्हमा मत माग्न आब्हान गर्दै विकासमुखी मेयर चुन्न आग्रह पनि गरे ।

त्यस्तै संघीय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय उपाध्यक्ष राहुल राईले धराने जनता अहिले महत्वपूर्ण घडीमा रहेकाले धरानको लागि असल प्रतिनिधि चयन गर्न मौका यो भएकाले तिलक राई जस्तो बिकास प्रेमी नेतालाई जिताउन मात्र कार्यगत एकता भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीसंग कांग्रेसको सिद्धान्त मिल्दैन तर धरानमा विकास र अन्य एजेन्डा मिलेकाले कार्यगत एकता भएको हो ।’

धरान नगरबासीको आवश्यकता र चाहानले पार्टीको सिद्धान्त फरक फरक भए पनि धरानको विकास र निकासकालागि मात्र सकार्य भएको उनले बताए ।

कम्युनिष्टले जनतालाई भ्रम फैलाएका कारण कांग्रेसलाई जिताउन सहकार्य गरिएको हो ।

नेपाली कांग्रेस धरानका कार्यबाहक सभापति महेन्द्र तामाङ्गको अध्यक्षतामा भएको कार्यगत घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सचिब सुजेन्द्र गोले तामाङ्ग, कांग्रेस धरान नगर पूर्व सभापति किशोर राई, सदस्य पञ्चकला राई, संघीय लोकतान्त्रिक खम्बुवानका महासचिब राजकुमार खम्बु, प्रेस युनियनका धरान नगर सचिक मात्रिकाप्रसाद नेपाल, केन्द्रीय सदस्य मोहन राई , डोम्सम राई, केन्द्रिय उपाध्यक्ष राहुल राई, मेयरको उम्मेदवार एलिसा राई लगाएको विशेष उपस्थित रहेको थियो ।

Published : Sunday, 2019 November 24, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया