नेकपाले बुथ कब्जा गर्न खोजे प्रतिकार हुन्छः जितजंग बस्नेत

पोखरा । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कास्कीका युवा र तरुणहरुलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको धाँधली रोक्न निर्देशन दिएका छन् ।

नेपाल तरुण दल कास्की क्षेत्र नम्बर २ ले पोखरामा शुक्रबार आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सत्ताको चरम दुरुपयोग गरेर अरिँगालहरुले निर्वाचनमा धाँधली गर्न सक्ने बताए ।

‘निर्वाचन आचार संहिता भइरहेको छ । उपनिर्वाचनका बेला बुथ कब्जा गर्ने योजना नेकपाले बनाएको सुनिएको छ’, उनले भने, ‘युवा तरुणले बुथ कब्जा गर्न दिनु हुँदैन । बुथको सुरक्षा दिन नसक्ने तरुणलाई पदमा बस्ने अधिकार छैन ।’

नेपाल तरुण दलका अध्यक्ष बस्नेतले निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । उनले प्रहरी र प्रशासनलाई पनि निष्पक्ष रुपमा प्रस्तुत हुन चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वसात्तावाद लादन खोजेको भन्दै कम्युनिस्ट व्यवस्था ल्याउन खोजेमा त्यसको प्रतिवाद गरिने बताए ।

उनले नेपाली कांग्रेसलाई अधिनायकवाद स्वीकार्य नरहेको बताए । ‘कांग्रेसलाई निरंकुशता मान्य छैन । जीवन दिन तयार छौँ । तर अधिनायकवाद मान्दैनौँ’, उनले भने ।

‘प्रचण्डकी बुहारीले मेलम्चीमा कमिशन खाएर ठेकेदार लखेटेकी छिन् । ३३ होइन ३८ किलो सुन ओली र प्रचण्डको घरबाट निकाल्न नपरोस’, उनले भनिन् ।

‘सहमति र सहकार्य गर्न चाहन्छौँ । उन्नती प्रगति र राष्ट्रियताका लागि मात्रै सहकार्य हुन्छ । राष्ट्र र जनताका लागि कांग्रेस सहमति गर्न चाहन्छ’, उनले भनिन् ।

तरुण दलका अध्यक्ष बस्नेतले तरुण साथीहरुलाई प्रशासनले दुःख दिएको भन्दै सचेत रहन कम्युनिस्ट सरकार र प्रहरीलाई चेतावनी दिएका छन् । ‘प्रहरी कसैको भ्रातृ संगठन होइन । दुःख दिने हो भने सडकमा जम्का भेट हुनेछ’, उनले भने ।

Published : Friday, 2019 November 22, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया