‘बुहारी’को मन्त्री पद यथावत, ओलीद्वारा मन्त्रिमण्डल हेरफेर (नाम)

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषद पुनःगठन गरेका छन् ।

बुधबार साँझ ओलीले केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेका छन् ।

यादवको मन्त्रालय नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छ । कानूनमन्त्री ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ ।

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको मन्त्री पद उडेको छ ।

कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीको पद पनि उडेको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरको मन्त्री पद भने सुरक्षित रहेको छ ।

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री भएका छन् ।

हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइएको छ ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएको छ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङलाई दिइएको छ ।

 

Published : Wednesday, 2019 November 20, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया