दाङमा कांग्रेसका डाँगीले देखाइदिए कम्युनिस्टको औकात, अरिँगालहरूलाई तनाब

तुलसीपुर । नेपाली कांग्रेस दाङका सचिव एवम् युवा नेता शंकर डाँगीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई जनतासँग भोट माग्ने आधारहरू समाप्त भएपछि आँशुको आधारमा भोट माग्न थालेको बताएका छन् ।

दाङ जिल्लाको क्षेत्र नम्बर ३ ‘ख’को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यको पक्षमा भोट माग्न बबई गाउँपालिकाको हापुरेमा सोमबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै डाँगीले महिलाको आँशुको भरमा जनतासँग भोट माग्न लागेको बताए ।

‘नेकपालाई भोट हाल्नेहरू झल्ला हुन् । नेकपासँग भोट माग्ने आधार छैन’, डाँगीले भने, ‘अब उसले भोट माग्ने आधार आँशुको आधार बनाएको छ । अन्यथा अर्थ नलागोस् । सेतो धोतीमा भोट माग्ने हुन सक्छ ।’

‘राजनीतिमा विचार हुन्छ । त्याग हुन्छ । नेकपाले अब नेपाली कांग्रेससँग लड्न सकिदैन भनेर अबला एकल नारीलाई ल्याएर आएको छ’, उनले भनेका छन्, ‘उहाँको आँशु देखाएर नेकपाले भोट माग्दै छ । आँशुको भरमा, गीत गाएको भरमा, खोकेको भरमा, रोएको भरमा भोट दिन लाग्यौँ भने पश्चिम दाङको विकास सम्भव छैन ।’

‘खुमबहादुर खड्काले गरेको विकासमा त्यसपछिका नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले पूरा गरे’, उनले भने, ‘यो क्षेत्रबाट कम्युनिस्टले पनि जिते । मन्त्री बने । तर केही काम गरेनन् ।’

दुईतिहाइको बहुमत पाएको कम्युनिस्ट सरकारप्रति आक्रामक देखिएका नेपाली कांग्रेसका युवा नेता डाँगीले नेकपाले भोट माग्ने सबै आधार र नैतिकता गुमाएको बताएका छन् ।

‘नेकपालाई के आधारले भोट हाल्ने ? केन्द्रको लथालिङ हेर्ने हो भने म त भन्छु झल्लै भन्छु’, उनले भनेका छन्, ‘नेकपाको क्रियाकलापलाई हेरेर नेकपालाई कसैले भोट हाल्छ भने संसारमा त्यो जस्तो झल्ला मान्छे अरु कोही भेटिने वाला छैन ।’

‘यो झल्ला शब्दले कसैलाई अफ्ठ्यारो परेको छ भने म माफी माग्न चाहन्छु’, नेपाली कांग्रेस दाङका सचिव डाँगीले भनेका छन् ।

‘प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्तरकुमार ओलीको सपनालाई साकार पार्न विमला ओलीलाई भोट हाल्न प¥यो भन्नु हुन्छ’, उनले प्रश्न गर्दै भनेका छन्, ‘शंकर पोखरेलजी उत्तरकुमार ओलीको सपना के थियो ? भन्नु पर्‍यो । उत्तरकुमार ओलीलाई भोट हालेर यो क्षेत्रका जनताले के पाए ? जवाफ दिनुपर्छ ।’

‘तपाइको प्रदेश सरकारले के दियो जवाफ चाहियो शंकर पोखरेलजी’, उनले भनेका छन्, ‘कम्युनिस्टहरूको गलत कार्यको विरुद्धमा रुख चिन्हमा भोट हाल्नुपर्ने अवस्था आएको छ ।’https://www.facebook.com/subas.dc/videos/2651273438244088/

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले उपनिर्वाचनको आचार संहिता लागू भएका बेला गाउँका जनतालाई मिटर बक्स बाँडेकोप्रति आक्रोशित देखिएका सचिव डाँगीले भने, ‘साढे दुई वर्षसम्म कता हुनुहुन्थ्यो भुवनेश्वर पौडेलजी ? अहिले आएर मिटर बक्स बाँड्ने ?’ गाउँपालिकाका अध्यक्ष पौडेल नेकपाका नेता हुन् ।

‘बबई गाउँपालिकामा भुवनेश्वर पौडेल अध्यक्ष हुनुहुन्छ । साढे दुई वर्षसम्म कहाँ हुनुहुन्थ्यो । अहिले आएर चुनावका बेला मिटर बक्स बाँढ्दै हुनुहुन्छ’, डाँगीले भने, ‘गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भैँसीको दुध बेचेर करोड कमाइ गर्नु भए छ । मैले पनि भैसी पालेको थिएँ खोइ मैले त करोड कमाइ गरेको छैन । भैसीको दुध बेचेर करोड कमाइ भयो भनेर जनतालाई ढाँट्ने । तपाईको कमाईको आधार हामीलाई पनि थाहा छ ।’

सचिव डाँगीले दाङको विकास नेपाली कांग्रेसले गरेको बाताए । कम्युनिस्टहरूले झुठको खेती गरेको भन्दै कम्युनिस्टलाई सबक सिकाउन रुखमा भोट हालेर केशव आचार्यलाई विजयी बनाउन अपील गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यभन्दा सत्तारुढ नेकपाकी उम्मेदवार विमला ओली निकै कमजोर उम्मेदवार भएपछि दाङका कम्युनिस्टहरूले सचिव डाँगीको अभिव्यक्तिलाई बङ्ग्याएर अनर्थ लगाएका छन् ।

नेकपाकी उम्मेदवार विमला ओलीको पराजय हुने निश्चित जस्तै भएपछि कम्युनिस्टहरूले नेपाली कांग्रेसका विरुद्ध हमला गर्न थालेका छन् ।

Published : Wednesday, 2019 November 20, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया