कम्युनिस्ट हराउन हिँडेका कांग्रेसका हीराे

धरान । धरानको माटोमा जन्म लिएर सर्दु खोलाको पानी खाएर सेउतीमा डुबुल्की मारेका तिलक राई धराने ढिटो हुन् । राई अहिले धरानवासीसंग आशीर्वाद लिदै मत माग्न व्यस्त छन् ।

उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदका लागि उमेदवारी दिएका राईलाई अहिले धरानवासीसंग मत माग्न भ्याइ नभाइछ । हुन पनि हो राई धरानवासी आजसम्म सुख दुःखको सारथि हुँदै आएका छन् ।

धरानलाई विकास र निकास दिने असल नेताको धरानमा अभाव खड्कि रहँदा कांग्रेसका राई आफू धराने जनतालाई समृद्धि उन्मुख लैजान सारथि बन्न तयार र सक्षम रहेको बताउँदै आइरहेका छन् ।

पिता स्वर्गीय मित्रकुमार राई र माता स्वर्गीय गंगा राईको कोखबाट ०३१ साल कात्तिक २ गते धरानमा राईको जन्म भएको थियो । धरान १८ मा स्थायी बसोबास गर्दै आएका राईले डिपो माध्यमिक बिद्यालयबाट तत्कालीन समयमा एसएलसी उत्तीर्ण गरेका थिए ।

राईले महेन्द्र बहुमुखी क्यापस धरानबाट आईकमसम्मको उच्च शिक्षाको अध्यन गरेका छन् । सानो उमेर देखिनै हक्की स्वभावका राई धरानम लोकप्रिय नेताको अग्रपंक्तिमा छन् । युवाहरूको ढुकढुकी र वृद्धहरूको साहारको रुपमा राईलाई धराने जनताले विश्वास र भरोसा गर्ने गरेका छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा राई होमिएका थिए ।

०७४ सालमा सम्पन स्थानीय तहको निर्वाचनमा धरानको मेयर पदमा उप विजेता भएर चित्त बुझाएका राईले उपनिर्वाचनमा मेयर पदमा पुनः टिकट पाएका छन् । त्यो पनि सर्वसम्मत ।

राईले ०४७ बाट नेपाली कांग्रेसमा आबद्ध भएर राजनीति शुरु गरेका थिए । ०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राई वडा नम्बर १८ को सदस्य पदको उमेदवार रहेका थिए ।

०५४ सालमै नेविसंघ धरानको सचिव, ०५५ मा तरुण दलको धरान नगर समिति सदस्य, ०५७ मा तरुण दल नगर अध्यक्ष, ०६२ सालमा नेपाली कांग्रेस नगर सचिव, ०६६ सालमा सम्पन १२औँ मधिबेशनमा धरान सभापतिको उमेदवार, ०७२ सम्पन १३औँ मधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापति, ०७४ सालमा मेयरको उम्मेदवार बनेका छन् ।

किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरी सचिव, उद्योग वाणिज्य संघको कार्यकारी सचिव, सप्तकोसी बस व्यसायी संघको अध्यक्ष, नेपाल गल्फ एसोसियन केन्द्रीय उपध्यक्ष, नेपाल शारीरिक सुगठनको ‘ख’ श्रेणीको निर्णायक, आचार्य संघ सुनसरी, सुम्निमा वर्कशप व्यसायी संगठन, होटल व्यसायी सञ्चालन घुम्ती रेष्टुरेन्ट जस्ता संघ संस्थामा रहेर धरानका जनतालाई सहयोग गर्दै आएका छन् ।

राईले भ्रष्टचार गर्नु भनेको आमाको रगत पिउनु बराबरको पाप ठान्छन् । धरान नगरलाई उनी भ्रष्टचारमुक्त नगर बनाउ प्रतिबद्ध रहेको बताउँछन् ।

भ्रष्टचारको अन्य गराएर कर घटाउने उनको योजना रहेको छ । धरानलाई देशको उत्कृष्ट प्रयटकीय क्षेत्रको रुपमा विकास गर्न विमानस्थलको लागि उनको पहल हुनेछ ।

खानेपानीको योजना र बसपार्क निर्माणको काम पनि उनको प्रथामिकतामा नै रहेका छन् ।

धरान हुँदै जाने पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यवस्थित गरी सुन्दर सहरको रुपमा धरान बनाउने लक्ष्य रहेको छ । धरान बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका जस्ता धार्मिक क्षेत्र रहेकाले यी क्षेत्रको विकास गराएर धार्मिक पर्यटक नगर धरान बनाउने योजना उनको छ ।

Published : Wednesday, 2019 November 20, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया