दाङमा कांग्रेस जिताउन दीपक गिरी ‘जरो गाडेर’ बसे, हैरान भए कम्युनिस्ट (तस्वीर)

तुलसीपुर । दाङ क्षेत्र नम्बर ३ ‘ख’मा नेपाली कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवार केशव आचार्यको चुनावी प्रचार प्रसारलाई दाङ कांग्रेसले तिब्र रुपमा अगाडि बढाएको छ ।

चुनावी कार्यक्रमहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक बोहरा आफै खटिएका छन् ।

उनीसँग पूर्वसांसद गेहेन्द्र गिरी, राजु खनाल, योगेन्द्र चौधरी, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटासहितका नेताहरू पालैपालो प्रचार प्रसारमा हिँड्ने गरेका छन् ।

यसै क्रममा मंगलबार शान्तिनगर वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवाहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा छाडेका उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीसहितका नेताहरूले फूलमाला र टीका लगाएर पार्टीमा भित्र्याएका छन् ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’मा हुन लागेको प्रदेशतर्फको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नका लागि प्रतिष्ठानको विषय बनाएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार आचार्यको पक्षमा प्रचार प्रसार गर्न नेपाली कांग्रेसका केन्द्रीय नेताहरू आउने क्रम पनि जारी छ ।

सत्तारुढ नेकपाले प्रदेश सभामा यसअघि जितेको थियो । नेकपाले फेरि पनि जित्ने दाबी गर्दै आएको छ ।

तर, नेपाली कांग्रेसले कम्युनिस्टहरूको अधिनायकवाद अन्त्यका लागि आफूले जित्ने गरेर योजना बनाएको छ ।

Published : Wednesday, 2019 November 20, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया