प्रचण्डको जिल्लामा कांग्रेसलाई राजनीतिक जित, निर्वाचनका बेला जिल्लाभरि खुसीयाली

भतरपुर । चितवनको रत्ननगरमा रहेको पुरानो शैक्षिक धरोहर शहीद स्मृति वहुमुखी क्याम्पसको विवाद लामोपछि मिलेको छ ।

नेपाली कांग्रेसले सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)लाई ठेगान लगाउँदै क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पद हत्याएको छ । नेपाली कांग्रेसले क्याम्पसको प्रमुखको पद कम्युनिस्ट (नेकपा)लाई दिएको छ ।

विगत लामो समयदेखि यो क्याम्पसमा कम्युनिस्टहरूले लफडा गर्दै आएका थिए ।

शहीद स्मृति बहुमुखी क्याम्पसमा सोमबार भएको क्याम्पस सभामा नेपाली कांग्रेस र नेकपाबीच सहमति जुटेपछि क्याम्पसले नयाँ नेतृत्व पाएको छ ।

क्याम्पस सञ्चाक समितिको अध्यक्षमा नेपाली कांग्रेसका रामबाबु घिमिरे चयन भएका छन् ।

नेपाली कांग्रेसका घिमिरे लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् ।

क्याम्पस प्रमुखमा नेपाली कांग्रेसले कम्युनिस्टलाई दिएको छ । सत्तारुढ नेकपा निकटका धर्मदत्त तिवारीलाई क्याम्पसको प्रमुख दिइनेछ ।

क्याम्पसको सभामा नेकपा निकटका ईश्वरी अर्यालको प्रस्तावमा तत्कालीन कांग्रेस क्षेत्रीय सभापति कुमार कार्की घिमिरेको समर्थक रहेका थिए ।

सञ्चालन समिति चयनमा पनि नेकपा र नेपाली कांग्रेसबीच सहमति भएको छ । सञ्चालक समितिका अन्य पदाधिकारी र सदस्यहरू भने चयन हुन बाँकी छ ।
नेकपा निकटका ईश्वरी अर्याललाई उपाध्यक्ष दिने तयारी गरिएको छ ।

अर्याल यसअघि भरत खनाल अध्यक्ष रहेको सञ्चालक समितिमा पनि उपाध्यक्ष थिए । खनाल नेतृत्वको समितिको म्याद जेठमा सकिएको थियो ।

त्यसयता नयाँ अध्यक्ष चयनका लागि नेकपा र कांग्रेसबीच विवाद हुँदै आएको थियो । राजनीतिक सहमति अनुसार क्याम्पस प्रमुख अब नेकपा निकटका प्राध्यापकले पाउने लगभग निश्चित छ ।

क्याम्पस सञ्चालक समितिको म्याद सकिएपछि राजीनामा दिइसकेकी क्याम्पस प्रमुख राधा वाली निकटकाले रकम दुरुपयोग गरेको लगायत माग राख्दै नेकपा निकटका विद्यार्थी संगठनहरूले प्रशासन शाखामा तालावन्दी गर्दै आएका थिए ।

क्याम्पसमा पठन–पाठन भइरहे पनि प्रशासनिक काम भने लामो समयदेखि हुन् सकिरहेको थिएन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा आफ्नो बर्चश्व जमाउन खोजी रहेका बेला नेपाली कांग्रेसले क्याम्पस सञ्चालक समितिको अध्यक्ष पद कब्जा जमाएको छ ।

Published : Tuesday, 2019 November 19, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया