गगनले तिलकलाई भोट मागेपछि कम्युनिस्टभित्र खैलाबैला, १० गते धरान आउने

धरान । नेपाली कांग्रेसको युवा नेता गगन थापाले धरान उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसका भष्ट्रचारी बिरोधी उम्मेदवार तिलक राईलाई विजयी गराउन धराने जनतासंग आग्रह गरेका छन् ।

सोमबार साँझ भिडियो सन्देश जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य समेत रहेका थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले देशलाई भाडभैलो र तहसनहस बनाएको बताए ।

थापाले कम्युनिस्टहरूको भाडभैलोविरुद्ध कारवाही स्वरुप कांग्रेसलाई भोट दिन आव्हान गरेका छन् ।

थापाले करीब २ मिनेटको भिडियो सन्देशमार्फत देशभर कम्युनिस्ट सरकार अलोप्रिय रहेको पुष्टि धरानको चुनाबाट थाहा हुन्छ भनेका छन् ।

उनले धरानमा कांग्रेसप्रतिको जनहलर बढीरहेको थाहा पाएको बताएका छन् । आफूलाई सर्वहाराको नेता ठान्ने नेकपाका नेताहरूको शैलीबिरुद्ध पनि धराने जनताले कांग्रेसलाई विजयी गराउनु पर्ने बताए ।

थापाले नेपाली कांग्रेसले आगमी मसिर १० गते धरानमा आयोजना हुने चुनावी सभामा प्रमुख वक्ताको रुपमा धरान आउने नेपाली कंग्रेस धरानले जानकारी दिएको छ ।

Published : Tuesday, 2019 November 19, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया