भारतविरुद्ध नेविसंघले आज काठमाडौंमा भव्य प्रदर्शन गर्दै

काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ ।

नेविसंघले आइतबार अपरान्ह १ बजे काठमाडौंको माइतीघर मण्डलामा भारतविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा मित्र राष्ट्र चीनले पनि नेपाली भूमि मिचेको भन्दै नेविसंघले चीनविरुद्ध पनि प्रदर्शन हुने जनाएको छ ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउनुपर्ने र मिचिएको नेपाली भूमि फिर्ताको माग राखेर प्रदर्शन गर्न लागेको जानकारी दिए ।

नेपालको सिमाना अतिक्रमण भएको बिरुद्धमा बृहत् प्रदर्शन आयोजना गरिएको जानकारी दिँदै शाहले विरोध कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् ।

Published : Sunday, 2019 November 17, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया