कास्की २ मा पौडेलले दिए जितका घत लाग्ने आधारहरू, कांग्रेसले इतिहाँस रच्नने

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले राजनीति कसैको पनि विरासत नरहेको बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ को चुनावी अभियानका क्रममा पौडेलले नेपालमा उत्तर कोरियामा जस्तो पतिले पत्नीलाई उत्तराधिकार दिने व्यवस्था नरहेको बताए ।

‘उत्तर कोरिया जस्तो पनि होइन उत्तराधिकारी दिने । विद्याप्रति मेरो सम्मान छ’, उनले भने, ‘जनताले सेम्पेथीमा भोट हाल्ने भन्ने छैन । जनता बुझ्ने भएका छन्’, पौडेलले भने, ‘हिसाब किताब सबै जनतामा छ । दक्षिण एसियाएमा सेम्पेथी छ भन्छन् । सेम्पेथी हटेका उदाहरण पनि छन् । नेहरुको छोरी ईन्दिरा गाँन्धीलाई पनि जनताले चुनाव हराइदिए । नेहरुका नातीको हालत के कस्तो छ तपाईलाई थाहा छ । सहि बाटोमा जाँदा फेरि जनताले जिताइदिन्छन् पनि ।’

नेपाली कांग्रेसका नेता पौडेलले आफूलाई झुठ्ठा अश्वासन देखाएर जनतामाथि विश्वासघात गर्न नसक्ने बताए । ‘निर्वाचनका बेला मैले यसो गर्छु । उसो गर्छु भनेर आश्वासन बाँड्न चाहँदैन’, उनले भने, ‘जनताको आवश्यक्ता र ईच्छा पूरा गर्नेछु ।’

उनले कास्की क्षेत्र नम्बर २ मा गर्नुपर्ने धेरै काम रहेको बताए । ‘पोखरा महानगरपालिका त भयो तर, महानगरमा हुनुपर्ने सुविधाहरू अझै हुन सकेको छैन’, पौडेलले भने, ‘कतिपय समस्या मैले आफैले फेला नपारेको हुन सक्छ । विकास गर्न प्रदेश र स्थानीय तह पनि छ । केन्द्रीय तह छ । सबैलाई समन्वय गरेर विकास गर्ने हो हामीले ।’

उनले निर्वाचनमा आफूलाई कास्की क्षेत्र नम्बर २ का मतदाताले जिताइदिने दाबी गरे । ‘निर्वाचन कांग्रेस र नेकपाले मात्रै जित्छ भन्ने छैन । अरुले पनि जित्न सक्लान्’, उनले भने, ‘जे परिणाम आउँछ प्रजातान्त्रिक प्रक्रियालाई मैले स्वीकार्नेछु ।’

नेपाली कांग्रेसका उम्मेदवार पौडेलले उपनिर्वाचनलाई मिनी जनमतसंग्रहका रुपमा आफूले लिएको बताए । ‘यो जनमतसंग्रह पनि हो । म नयाँ हुँ । काम कस्तो गर्छ भनेर हेर्न बाँकी छ । नेकपालाई दम्भ छ’, उनले भने, ‘यो सरकारले के गरेको छ ? भनेर परीक्षण गर्ने बेला यही हो ।’

उनले भने, ‘मैले चुनाव जित्ने आधार जनता हो । यो सरकार जुन तरिकाले जानुपर्ने हो जान सकेन । मैले यो–यो गर्छु भनेर भन्दिन । जनताको माग र ईच्छा बमोजिम काम गर्दै जाने हो ।’

नेपाली कांग्रेसका उम्मेदवार पौडेलले अमेरिकाको राष्ट्रपति निर्वाचनको उदाहरण दिँदै डोनाल्ड ट्रम्पले जित्छ भनेर कसैले नसोँचेको बताए ।

‘अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई डोनाल्ड ट्रम्पले जित्छ भनेर कसैले सोँचेका थिएनन्’, उनले भने, ‘मलाई कास्की २ का मतदाताले जिताइदिन्छन् । रविन्द्र अधिकारीको क्षेत्रमा उनकी पत्नी विद्यालाई टिकट दिइएको छ । मेरो जित सुनिश्चित छ । जनताले परिवर्तन चाहेका छन् ।’

रविन्द्र अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको स्मरण गरेका नेपाली कांग्रेसका उम्मेदवार पौडेलले भने, ‘वाइडबडी काण्डमा रविन्द्र अधिकारीलाई अन्याय गरिएको छ । आरोप लाग्दा छानविन गरेर रविन्द्रलाई न्याय दिइएन । ओलीले अन्याय गरे । रविन्द्रसँग म सँगै जेल पनि बसेको छु ।’

प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले ठूलो भुल गरेको बताए । ‘निर्वाचनका बेला उहाँले मत माग्दै गर्दा जनता समक्ष गरेको बाचा पूरा गर्न सक्नु भएन । काम गर्न सक्नु भएन । आफ्ना निकटकालाई मात्रै अवसर दिनुभयो’, उनले भने, ‘यो सरकारले जनतालाई राहत दिन सकेन । कर मात्रै बढायो ।’

‘प्रचण्डले ठूलो योगदान गरेका छन् । ओलीजी जेलमा बस्नुभयो । प्रचण्डले १७ हजार मान्छे मारेर आएको हो । प्रचण्डले उत्पात मच्चाएको हो । पदमा गएपछि ओली र प्रचण्डले राजाको व्यवहार गर्न थाले’, उनले भने, ‘जनता भुल्नेहरूले देश विकास गर्न सक्दैनन् । मबाट यो गल्ती हुनेछैन ।’

Published : Wednesday, 2019 November 13, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया