वीरगञ्जमा प्रहरीका सईको बिगबिगी, बिचौलियासँग गोप्य धन्दा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत नायब उपरीक्षक (सई) विदुर सिवाकोटीले बिचौलिया र तस्करहरूसँग मिलेर प्रहरी संगठनको बद्नाम गरेको आरोप लागेको छ ।

सई सिवाकोटीले वीरगञ्जका बिचौलिया र तस्करहरूसँग मोटो रकम उठाएर मरिच, छ्वारा, सुकुमेल, सुपारी लगायतका सामान नेपालबाट अबैध रुपमा भारततर्फ निवासी गर्ने गरेको स्रोतले जनाएको छ ।

उनको उठबस वीरगञ्जमा पीसीओ सञ्चालन गर्दै आएका व्यापारी (बिचौलिया) सञ्जय अग्रवालसँग अलिक धेरै उठबस रहेको थियो । सोही कारण तत्कालीन अञ्चल प्रमुख रहेका हालका आईजीपी सर्वेन्द्र खनालले सई सिवाकोटीलाई सचेत समेत गराएका थिए ।

भारततर्फबाट कपडा लगायतका सामान नेपालतर्फ अबैध रुपमा आयात गराउन भूमिका खेल्ने गरेको एक जना जुनियर प्रहरी अधिकृतले बताए ।

सई सिवाकोटीले पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरसँग सेटिङ मिलाउनेभन्दै व्यापारी, बिचौलिया र तस्करहरूसँग रकम उठाउने गरेको स्रोतको भनाइ छ ।

एकजना पीडित व्यापारीले भने, ‘एसपी सोमेन्द्र राठौरसँग सेटिङ मिलाइदिन्छु भनेर हामीसँग सई विद्युत् सिवाकोटीले रकम लिनुहुन्छ । हैरान भएका छौँ ।’

नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालले लेनदने, भ्रष्टाचार वा आफ्नो पदीय आचारण विपरितका गतिविधि तथा हर्कत नगर्न पटक–पटक मातहतलाई निर्देशन दिँदै आएका छन् ।

आईजीपी खनालको निर्देशनलाई उल्लंघन हुने गरेर सई सिवाकोटीले वीरगञ्जमा हर्कत गरेपछि पर्सा जिल्लाभित्र खैलाबैला उत्पन्न भएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले आफ्नो प्रदेशमा राम्रोसँग जिम्मेवारी सम्हाल्दै आएका छन् । तर, सई सिवाकोटीका हर्कतले पर्सामा प्रहरीको छविमा धक्का लाग्न थालेको चर्चा हुन थालेको छ ।

के भन्छन् प्रदेश २ का प्रहरी प्रमुख (डीआईजी) प्रधुम्न कार्की ?

प्रहरी आफ्नो आचरण र पदीय जिम्मेवारीमा बस्नुपर्छ । संगठनको मर्यादामा आँच आउने खालका कुनै पनि गतिविधि गर्नु हुँदैन । यदि कानूनले बर्जित कार्य गरेको हो भने सई विद्युत् सिवाकोटीलाई मात्रै होइन जसलाई पनि कारबाही हुन्छ ।

तपाईले भनेपछि यो विषयमा मेरो ध्यानाकर्षण भएको छ । दोषी पाइयो भने कारबाही हुन्छ । आरोप लाग्दैमा कारबाही हुने कुरा रहँदैन । के रहेछ म बुझ्छु । सई सिवाकोटीका विषयमा कुनै प्रमाण छ भने मलाई उपलब्ध गराईदिनुस् तत्काल कारबाही गर्छु । प्रहरी संगठनको गरिमामा आँच आउने कार्य कसैले गर्नु हुँदैन ।

को हुन् सई सिवाकोटी ?

हेटौँटा जिल्ला घर भएका सई सिवाकोटी केही समय हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत कार्यरत रहेका थिए ।

अख्तियारमा रहँदा यस्तै खालका हर्कत गरेपछि सई सिवाकोटीलाई कारबाही समेत भएको थियो ।

वीरगञ्जका पीसीओ सञ्चालक व्यापारी सञ्जय अग्रवालसँग मिलेर अबैध गतिविधि गर्दै आएका सई सिवाकोटीलाई तत्कालीन अञ्चल प्रमुख एवम् हालका आईजीपी खनालले सई सिवाकोटीलाई सचेत गराएको थाहा पाएपछि तत्कालीन एसपी पीताम्बर अधिकारीले सई सिवाकोटीलाई आफ्नो कार्यकक्षभित्र प्रवेशमा रोक लगाइदिएका थिए ।

Published : Tuesday, 2019 November 12, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया