घिमिरेले अस्पतालको बेडबाट दिए कांग्रेसका उम्मेदावरहरूलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दाङ कांग्रेसका नेता कृष्णकिशोर घिमिरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार गराइ रहेका पूर्वसांसद घिमिरेले उपचार गराइ रहेका छन् । घिमिरेको स्वास्थ्य अवस्था उल्लेख्य सुधार भएको कांग्रेस नेता खतिवडाले बताए ।

‘कृष्णकिशोर घिमिरेज्यूको स्वास्थ्य उल्लेख्य सुधार भएको छ’, खतिवडाले भने, ‘एमआईसीयूमा राखेर उपचार भएको रहेछ । शनिबार सामान्य वार्डमा सार्ने तयारी भएको चिकित्सकहरूले जानकारी दिएका छन् ।’

भेटका क्रममा घिमिरेले उपनिर्वाचनमा नेपाली कांग्रेसले राम्रा र उपयुक्त व्यक्तिहरूलाई टिकट दिएको बताएका थिए । घिमिरेले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जसरी पनि जिताउनुपर्ने बताएको खतिवडाले उल्लेख गरे ।

यसअघि, घिमिरेलाई बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।

Published : Friday, 2019 November 8, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया