तरुण नेतालाई दुःख दिने डीएसपीलाई सुध्रिन अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । नेपाल तरुण दलले ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीले झठ्ठा मुद्धा लगाएर बाँकेमा तरुण नेताहरूलाई दुःख दिने कार्य गरेको भन्दै आक्रोश पोखेको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर तरुण दलको बाँकेका कोषाध्यक्ष केशर खड्कालाई फसाउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । जनताको रक्षा गर्न खटिएको प्रहरी नै भक्षक भएको भन्दै बस्नेतले खसी माग्ने डीएसपी शाहीलाई चेतावनी दिएका छन् ।

बैजनाथ गाउँपालिका वडा नम्बर २ का यमबहादुर रानालाई यातना दिएर झुठ्ठा बयान दिन लगाई खड्कालाई फसाउन खोजेको अध्यक्ष बस्नेतले बताएका छन् ।

तरुण नेताहरूलाई व्यक्तिगत रिसिइबीका कारण ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी शाहीले दुःख दिने गरेको गरेको भन्दै तरुण दलका अध्यक्ष बस्नेतले त्यस्ता हर्कत तत्कालन बन्द गर्न चेतावनी दिएका छन् ।

उनले तरुणहरूलाई दुःख दिने काम नरोकिए कडा कदम उठाउन बाध्य हुने चेतावनी दिएका छन् ।

अध्यक्ष बस्नेतले नेपालगञ्ज नगर समितिका अध्यक्ष सन्दीपजंग शाहसहितका तरुण नेताहरूलाई झुठ्ठा आरोपमा पक्राउ गरेको भन्दै भर्त्सना गरेका छन् ।

Published : Friday, 2019 November 8, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया