पोखरामा निर्वाचन जित्न कांग्रेसले बनायो प्रचार समिति, कम्युनिस्टलाई हराइ छाड्ने

पोखरा । नेपाली कांग्रेस कास्कीले उपनिर्वचनका लागि ३ हजार ५ सय ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।

मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक रहेका छन् । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर सभापति वजिरमान श्रेष्ठ सहसंयोजक छन् ।

कास्की क्षेत्र नम्बर २ द्वारा शुक्रबार आयोजित नेता, कार्यकर्ता भेलाले पोखरा वडा नम्बर ४ मा नेता यज्ञबहादुर थापालाई संयोजक तोकेको छ ।

वडा नम्बर ७ मा शुक्रराज शर्मा, वडा नम्बर ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा शारदा पौडेल, १५ मा वृन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक बनाएको छ। यसैगरी, पोखरा–१७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकेको छ ।

भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा तारानाथ रानाभाट, शुक्रराज शर्मा, जीवन परियार, यज्ञबहादुर थापा, सूर्यबहादुर केसी, कुमार खड्का, महादेव गुरुङ, शारदा पौडेल, विन्दादेवी राना, रामजी कुँवर, रामचन्द्र त्रिपाठी, बाबुराम आचार्य र सुरेन्द्रबहादुर भारिजू छन् ।

युवराज श्रेष्ठ, रामकृष्ण पराजुली, राजेन्द्रनिधि कोइराला, देवराज चालिसे, डा.रामचन्द्र शर्मा, शोभियतबहादुर अधिकारी, आनन्दराज मुल्मी, कृष्णकुमारी परियार, भोला थापा, नीलकण्ठ शर्मा, अशोक पालिखे, तीर्थ श्रेष्ठ, शंकर देवकोटा, वीरेन्द्रनारायण विजुक्छे, राधाकृष्ण गुरुङ, खेमकुमारी बराल, पुलेन्द्रमान श्रेष्ठ, निर्मल कर्माचार्य, केशरप्रसाद निर्दोषी र शकुन्तला कोइरालालाई पनि सल्लाहकारमा चयन गरिएको छ ।

भेलाले अर्थ संकलन समितिमा ऋषि सापकोटालाई संयोजक तोकेको छ ।

अनुगमनमा राजेन्द्रनिधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवि परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक छन् ।

उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ सिकन्दर, भातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, वुथ परिचालनमा विजयराज आचार्य संयोजक छन् ।

भेलाले प्रचार प्रसार सामग्री व्यवस्थापनमा दीपेन्द्र मर्सानी, युवा–तरुण परिचालनमा मनोज गुरुङ, सम्पर्क समाज परिचालनमा ऋषि काफ्ले, महिला तथा आमा समूह परिचालनमा कोपीला रानाभाट, ट्रेड युनियन परिचालनमा मुरारी शर्मा, यातायात व्यवस्थापनमा जीतबहादुर गुरुङलाई संयोजक तोकेको छ ।

प्रजातन्त्र सेनानी र ज्येष्ठ नागरिक परिचालन समितिमा तारा पाखे, संघसंस्था परिचालनमा सरोजनारायण बराल, विद्यार्थी परिचालनमा देवकृष्ण पराजुली, किसान परिचालनमा भेषराज पराजुली, दलित समुदाय परिचालनमा दुर्गाबहादुर सुनार, भूपू सैनिक परिचालनमा खम्वसिं गुरुङ, सांस्कृतिक परिचालनमा चोलेन्द्र पौडेल, सुकुम्वासी, भूमि तथा अव्यवस्थित बसोबास परिचालनमा आशबहादुर गुरुङ, पूर्व राष्ट्रसेवक परिचालनमा ठाकुर बराल, टोल विकास संस्था समन्वयमा उत्तम जोशी र मुस्लिम समुदाय परिचालनमा हारुन खान पैठानलाई संयोजक चयन गरिएको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकहरूले आआफ्नो क्षेत्रमा पुगेर यथाशक्य काम थाल्न निर्देशन दिए ।

उनले चुनाव तयारी तीव्र र चुस्त बनाउँदै कांग्रेसले जित्ने वातावरण तयार हुनुपर्नेमा जोड दिए । कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेल उम्मेदवार छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ । विद्या तत्कालीन पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारीकी पत्नी हुन् ।

Published : Friday, 2019 November 8, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया