ओलीको जिल्लामा ठूला अरिँगालहरूको भागाभाग, कालोमोसो दल्नेलाई नछाडिने

झापा । प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्लामा उनकै दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले कनकाई बहुमुखी क्याम्पसिका अध्यक्ष प्रकाश चुडाललाई कालोमोसो दलेका छन् ।

क्याम्पसका करारका प्रध्यापक हरि तिम्सिनाको उक्साहटमा अध्यक्ष चुडाललाई बिहीबार कालोमोसो दलिएको हो ।

कनकानई स्कुलका माविका स्थायी शिक्षक भई कनकाई बहुमुखी क्याम्पसमा तिम्सिनाले करारमा प्रध्यापकको काम गर्दै आएका थिए । तिम्सिना सत्तारुढ नेकपा निकटका हुन् । सञ्चालक समितिका अध्यक्ष चुडाल नेपाली कांग्रेस निकटका हुन् ।

अध्यक्ष चुडाललाई कालोमोसो दल्नेमा कनकाई नगरपालिकाका नेकपाका जनप्रतिनिधि पनि छन् ।

कनकाई क्याम्पसको सञ्चालक समितिले आर्थिक समस्याका कारण करारमा रहेका क्याम्पसका करारका शिक्षकहरूको म्याद थप नगर्ने निर्णय गरेपछि प्रध्यापक तिम्सिना आक्रोशित बनेका थिए ।

तिम्सिनाले प्रध्यापक र विद्यार्थीलाई उचालेर तालाबन्दीदेखि पेनडाउनसहित क्याम्पसभित्र भाँडभैलाे मच्चाएका थिए ।

क्याम्पसभित्रको विवाद अन्त्य गर्ने विषयमा अध्यक्ष चुडालले नेपाली कांग्रेसका नगर सभापति, नेकपाका अध्यक्ष, कनकाई नगरपालिकाका मेयरसँग बिहीबार परामर्श गरेर विवादलाई कात्तिक २४ गते अन्त्य गर्ने गरेर तयारी थाले थिए ।

नेकपा निकटका प्रध्यापक तिम्सिनाको उक्साहटमा नेकपा निकटको अनेरास्ववियु (अखिल)का विद्यार्थीले अध्यक्ष चुडाललाई पछाडिबाट आएर कालोमोसो दलेको चुडालले बताएका छन् । कालोमोसो दल्नेहरूविरुद्ध अध्यक्ष चुडालले ईलाका प्रहरी कार्यालय बिर्तामाेडमा उजुरी पनि दिएका छन् ।

कालोमोसो दल्ने हर्कत गर्नेहरू पक्राउ पर्ने डरले फरार भएका छन् । कालोमोसो दल्ने विद्यार्थी उकास्ने प्रध्यापक तिम्सिनाविरुद्ध पनि चुडालले प्रहरीमा लिखित उजुरी दिँदै छन् । नेकपा जनप्रतिनिधि रोशन सुवेदीसहित ९ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

नेकपा निकटका प्रध्यापक तिम्सिनाले अध्यक्ष चुडाललाई कालोमोसो दल्न लगाएपछि नेविसंघ र अखिलबीच केही समय क्याम्पसमा तनावको अवस्था सिर्जना भएको थियो ।

नेकपा निकटको अखिलले क्याम्पसमा लगाएको तालालाई प्रहरीले फोडेर फालिदिएको छ । तिम्सिनाले १६ वर्षदेखि राजनीतिक संरक्षणमा क्याम्पसमा दाइमार्दै आएका छन् ।

Published : Friday, 2019 November 8, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया