कालापानी र लिपुलेक हडप्ने भारतविरुद्ध नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लिपुलेक र कालापानी आफ्नो नयाँ नक्साभित्र राख्ने भारतीय हर्कतको विरोधमा प्रदर्शन गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरूले शुक्रबार बिहान भारतको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले भारतका विरुद्ध नारावाजी गर्नुका साथै ‘गो ब्याक ईण्डिया’को नारा समेत लगाएका थिए ।

नेपाली भू–भाग भारतले हडप्न खोजेको भन्दै नेविसंघ चरणबद्ध आन्दोलनमा छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा भारतविरुद्ध प्रदर्शन भइरहेका छन् ।

नेविसंघका नेता तथा कार्यकर्ताहरूले भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो ब्याक ईण्डिया जस्ता नारा लगाएका छन् ।

Published : Friday, 2019 November 8, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया