कास्कीमा कांग्रेसको शानदार प्रदर्शन, कम्युनिस्टहरू थर्कमान (तस्वीर)

पोखरा । नेपाली कांग्रेसको तर्फबाट कास्की जिल्ला क्षेत्र नम्बर २ मा खेमराज पौडेलले मनोनयन दर्ता गराएका छन् ।

पोखरास्थित निर्वाचन कार्यालयमा पुगेर बिहीबार पौडेलले दलबलसहित मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पूर्व सांसद तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन नेपाली नेपाल, पूर्वसांसद शुक्रराज शर्मालगायतका नेताहरूको सहभागिता रहेको थियो ।

मनोनयन दर्तापछि पोखरामा नेपाली कांग्रेसले चुनावी सभा गर्नुका साथै नारावाजी गरेको थियो ।

कांग्रेसका उम्मेदवार पौडेलले आफूले जित्ने दाबी गरे । उनले आफूलाई कास्कीका जनताले न्याय गर्ने बताए ।

नेपाली कांग्रेसको प्रदर्शन र चुनावी कार्यक्रम देखेर कम्युनिस्टहरू थर्कमान भएको कास्की कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2019 November 7, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया