कम्युनिस्ट सरकारले खुट्टाकमाइ रहेका बेला देउवाको फोनले लैनचौरभित्र खैलाबैला

काठमाडौं । कालापानी र लिपुलेकका विषयमा भारतको विरोध भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीलाई बिहीबार देउवाले फोन गरेर कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको बताएका हुन् ।

उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएका छन् । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले बोल्न खुट्टाकमाइ रहेका बेला नेपाली कांग्रेस सभापति देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत पुरीलाई फोन गरेर नयाँदिल्लीद्वारा जारी भएको नक्साप्रति ध्यानाकषर्ण भएको जनाएका हुन् ।

नेपाली कांग्रेसका सभापति देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न कम्युनिस्ट सरकारलाई आग्रह पनि गरेको छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले लिपुलेक र कालापानीलाई भारतीय सीमाभित्र राखेको विषयमा स्पष्ट धारणा राख्न नसकेर डराइ रहेको भन्दै आरोप लागिरहेका बेला देउवाले राजदूत पुरीलाई फोन गरेर लिपुलेक र कालापानी नेपालको रहेको बताएका हुन् ।

Published : Thursday, 2019 November 7, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया