कांग्रेसद्वारा दाङमा दलबलसहित मनोनयन दर्ता, हर्षित बने कार्यकर्ता (तस्वीर)

घोराही । नेपाली कांग्रेसका नेता केशवराज शर्माले दाङ क्षेत्र नम्बर ३ ‘२’को प्रदेशतर्फको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

बिहीबार कार्यालय समयभित्र दलबलसहित शर्माले घोराहीस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, पूर्वसांसद राजु खनाल, राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, प्रतिनिधि सभाकी सांसद विमला नेपाली, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कालगायतका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस दाङको पार्टी कार्यालयबाट जुलुससहित सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरूले नावाराजी गर्दै आयोग कार्यालयमा पुगेको दाङ कांग्रेसका सचिव शंकर डाँगीले जानकारी दिए ।

नेपाली कांग्रेसका पदाधिकारीहरूले बुधबार शर्मालाई दाङ क्षेत्र नम्बर ३ को ‘२’ प्रदेशतर्फ हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट टिकट दिएको थियो ।

नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ ‘२’मा यस पटक कुनै पनि हालतमा जित्ने जनाएको छ । कम्युनिस्टहरूबाट जनता आतिज भएको भन्दै नेपाली कांग्रेस दाङले आफ्ना उम्मेदवारलाई जिताउने गरेर रणनीति बनाएको छ ।

Published : Thursday, 2019 November 7, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया