कम्युनिस्टहरूले सर्वसत्तावाद लाद्न थाले, प्रतिवाद गरौँः पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात वटा प्रदेशका प्रदेश प्रमुख हटाउने दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सरकार एकलौटी ढंगबाट चल्न खोजेको भन्दै यस घटनाले ठूलो दुर्घटनाको संकेत देखाएको बताएका हुन् ।
उनले प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले मनपरी ढंगले हटाएर सर्वसत्तावाद लाद्ने षड्यन्त्र गरिएको बताए ।
सरकारको यो निर्णयको कांग्रेसले विरोध गर्ने पनि नेता पौडलले चेतावनी दिएका छन् । उनले प्रतिवादमा उत्रिन पनि अपील गरेका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी हुन् ।
प्रदेश १ प्रमुख प्रा. डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको २०७४ साल माघ ३ गते सातै प्रदेशका प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया