सात प्रदेशका प्रमुख हटाउने निर्णयविरुद्ध कांग्रेसको कडा प्रतिक्रिया
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएको विषयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार साँझ ट्वीट गर्दै सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताएका छन् ।
‘सरकारले गर्नुपर्ने काम धेरै छन् । द्वन्द्व नित्याउने बाटोमा सरकार लाग्यो’, उनले भने, ‘यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहन्छ ।’
उनले संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोँचबाट ग्रसित भएको बताए ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको थियो ।
नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकार राजनीतिक भागबण्डाका आधारमा प्रदेश १ मा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया