कम्युनिस्ट सरकारले सातै प्रदेशका प्रमुखहरूलाई हटायो

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सात वटा प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सात वटा प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाउने निर्णय गरेको थियो ।

प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तम्बाहाङ, प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल रहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो ।

Published : Sunday, 2019 November 3, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया