विश्वप्रकाश शर्माको ट्वीटले देशभरि हलचल, डीएसपी शाहीलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न माग गरेका छन् ।

शर्माले आइतबार ट्वीट गर्दै डीएसपी शाहीलाई कारबाहीको माग गरेका हुन् । ‘धम्कीको रेकर्ड सार्वजनिक छ’, उनले भनेका छन्, ‘नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् ।’

‘प्रहरीको मर्यादा हामी राख्छौं । निष्पक्ष छानबिनलाई सघाउँछौं’, प्रवक्ता शर्माले भनेका छन्, ‘तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणमको तीन मन्त्र पुनः पढाइयोस् ।’

गत बिहीबार भातृ संगठन नेपाल तरूण दल नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो ।

डीएसपी शाहीले खसी मागेको र नदिएपछि हतियार राखेर फसाउन खोजेको भन्दै तरूण दलले विज्ञप्ति निकालेर अनुसन्धान गर्न माग गरेको छ ।

शर्माले पनि डिएसपी शर्माले दिएको धम्कीको रेकर्ड सार्वजनिक भइसकेको उल्लेख गर्दै विभागीय अनुसन्धान गर्न माग गरेका हुन् ।

डीएसपी शाहीले खसी नदिए तिघ्रा छेडिदिने उल्लेख गरेको रेकर्ड सार्वजनिक भएको थियो ।

Published : Sunday, 2019 November 3, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया