खसी नपाएका डीएसपीले तरुणकाे शक्ति देखेर झस्किए, काेहलपुरमा चक्का जाम
नेपालगञ्ज । दशैंमा खसी नपाएपछि नेपाल तरुण दलका नेपालगञ्जका स्थानीय नेता कार्यकर्तालाई थुन्ने कम्युनिस्ट सरकारका डीएसपी हेमबहादुर शाहीविरुद्ध हजारौं जनता सडकमा उत्रिएका छन् ।
नेपाल तरुण दल बाँकेले झुठ्ठा मुद्दा लगाएर तरुण नेता थुन्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज एवं डीएसपी हेमबहादुर शाहीको दादागिरी र निरंकुश शैलीविरुद्ध शनिबार कोहलपुरमा चक्काजाम र विरोध प्रदर्शन गरेको हो ।
तरुण दलले शनिबार बिहान ११ बजे कोहलपुरको चौराहमा चक्काजामको कार्यक्रम गरेको छ । तरुण दलले आसपासका क्षेत्रमा शक्ति प्रदर्शन समेत गरेको छ ।
डीएसपी शाहीले नेपाल तरुण दलका नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहसहित छ जनालाई हतियार राखेको झुटा अभियोग लगाउँदै पक्राउ गरेको र खसी माग्दा नपाएको झोंकमा तिघ्रा छेड्ने भनेर दिएको धम्कीको विरोधमा तरुण दलले चक्काजाम गरेको तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काले जनाइएका छन् ।
कम्युनिस्ट सरकारको निरंकुश व्यवहार प्रहरीमा समेत देखिएकाले त्यसविरुद्ध तरुण दल सडकमा उत्रिनुपरेको नेपाल तरुण दल बाँकेका जिल्ला कोषाध्यक्ष खड्काले बताएका छन् ।
डीएसपी शाहीले दशैंमा तरुण दलले खसी नदिएको झोंकमा गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि उनको आलोचना भएको छ ।
तरुण दलले सरकार र प्रहरीको निरंकुशताविरुद्ध शक्ति प्रदर्शन गरेपछि देशभरका तरुण नेता कार्यकर्ता प्रशन्न भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया