देउवाले फुकाइदिए पौडेल–सिटौलाको अफ्ठ्यारो, खुसी भए नेताहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई पदाधिकारीहरूको बैठकमा आमन्त्रित सदस्य राख्न गरेको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ ।
ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले पौडेल र सिटौलालाई पदाधिकारीको बैठकमा आमन्त्रित गर्न प्रस्ताव गरेका थिए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सभापति देउवाले राख्नुभएकाे प्रस्तावलाई केन्द्रीय कार्यसमितिले पारित गरेकाे र अबदेखि वरिष्ठ नेता रामचन्द्र पाैडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलालाई पदाधिकारी बैठकमा सहभागी हुन सजिलाे हुनेछ ।’
पदाधिकारीहरूको बैठकमा सहभागी हुन पौडेल र सिटौलालाई अफ्ठ्यारो हुँदै आएको थियो । त्यो अफ्ठ्यारोलाई देउवाले केन्द्रीय कार्यसमितिमार्फत फुकाइदिएका छन् ।
देउवाको यो प्रस्ताव पारित भएसँग पदाधिकारीहरूको बैठकमा पौडेल र सिटौलालाई सहभागी हुन बाटो खुलेको छ ।
सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष, प्रवक्ताका साथै वरिष्ठ नेता पौडेल र सिटौला पनि पदाधिकारी बैठकमा सहभागी हुनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया