उपनिर्वाचनको टिकट विरतणमा कांग्रेसको बोल्ड निर्णय, कम्युनिस्टलाई हराई छाड्ने

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको टिकट वितरण गर्नका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि टिकट वितरणको जिम्मेवारी कार्यसम्पादन समितिलाई दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर १४ गते उप–निर्वाचन हुँदै छ । उपनिर्वाचन नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा आइतबारसम्म टिकटकाे टुंगाे लगाउने जनाएको छ ।

‘२०७६ साल मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप–निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (८) (घ) र (ङ) बमोजिमको कार्यसम्पादन गर्न र बाग्लुङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २, भक्तपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र दाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (७) (ङ) र (च) बमोजिमको कार्य सम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘केन्द्रीय पदाधिकारीको बैठकले उल्लेखित पदको उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।

बैठकमा महामन्त्री डा.शशांक कोइरालाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपीसाउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए ।

धारणा राख्ने नेताहरूले पार्टीले टिकट दिएका उम्मेदवारहरूलाई जसरी पनि जिताउन भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनीहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनता आजित बनेकाले कम्युनिस्टहरूलाई हराएर कांग्रेस लोकतन्त्र र जनताको पक्षमा छ भन्ने सन्देश दिनुपर्ने बताए ।

Published : Friday, 2019 November 1, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया