कांग्रेसको केन्द्रीय समिति बस्दै, भ्रातृ संस्था र उपनिर्वाचनबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपनिर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार दिउँसो बस्ने बैठकमा उपनिर्वाचनको तयारका विषयमा छलफल हुनेछ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनका विषयमा बैठकमा छलफल केन्द्रित रहने बताए ।
नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारहरूको टुंगो लगाउन आन्तरिक छलफल गर्दै आएको छ । टिकटका लागि धेरै नेताहरू आकांक्षी भएपछि टिकट वितरण बन्न कांग्रेसलाई सकस भएको छ ।
सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरूका बारेमा पनि प्रस्ताव राख्न सक्ने नेताहरूले बताएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष र कार्यसमिति बनाउने विषयमा छलफल हुने एक नेताले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया