‘एम.सर’लाई पाँच वर्ष कैद सजायको माग
काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध अभियोग पत्र दर्ता गराएको छ ।
महराविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा महराविरुद्ध जबर्जस्ती करणीको अभियोग पत्र बिहीबार दर्ता गराएको हो ।
महरा बिहीबार पनि थुनामै रहेका छन् । बिहीबार सरकारी वकिलको कार्यालयले उनीमाथि दर्ता गराएको जबर्जस्ती करणी उद्योग अन्र्तगतको अभियोग पत्रबारे जिल्ला अदालत काठमाडौंमा थुनछेकको बहस भएन ।
महराको थुनछेकको बहस शुक्रबार हुने जिल्ला अदालत काठकाडौंका सरकारी वकिल सुदर्शन पौडेलले बताए ।
शुक्रबार ओरोपी महराको बयान लिइनेछ । त्यस लगत्तै थुनछेक बहस हुनेछ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरालाई असोज १९ गते पक्राउ परेका हुन् । शाहीले महरालाई ‘एम सर’ भनेर सम्बोधन गर्दै मिडियामा अन्तर्वार्ता दिएकी थिइन् ।
महरामाथि अनुसन्धान सकेर कात्तिक ८ गते प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
महराविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत ५ वर्ष कैद सजायको माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
महराले डीएनएको नमूना पनि दिन अस्वीकार गरेका छन् । उनलाई अदालतले नै नमूना दिनका लागि आदेश दिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया