रामचन्द्र पौडेलले माधवपुरमा लगाए टीका, सबै परिवारको जमघट

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तिहारको भाइटीका चितवन आएर लगाएका छन् ।

नेता पौडेलले चितवन जिल्लाको माधवपुरमा मंगलबार आफ्ना दिदी र बहिनीहरूको हातबाट तिहारको टीका लगाएको आफन्तजनले बताएका छन् ।

तिहारको टीका लगाउने वरिष्ठ नेता पौडेलका सबै दाजुभाई तथा दिदीबहिनीहरू माधवपुरमा जम्मा भएका थिए ।

उनीहरूले हर्सोउल्लासका साथ टीका लगाएर तिहार मनाएका छन् ।

Published : Tuesday, 2019 October 29, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया