कृष्णप्रसाद भट्टराईका बाहिर चर्चा नभएका कुरा
काठमाडौं । नेपाली कांग्रेसका सन्तनेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई ‘किशुनजी’का बारेमा धेरैलाई जानकारी नहुन सक्छ । स्वर्गीय भट्टराईले कहिल्यै पनि आफ्नो आदर्शन र पार्टीको सिद्धान्तलाई उल्लंघन गर्नुभएन ।
भट्टराई प्रधानमन्त्री भएका बेलामा पनि आफ्नो जुत्तामा आफैले पालिस लगाउने गर्थे । आफ्नो जुत्तामा कसैलाई पनि पालिस लगाउन दिँदैन थिए ।
शनिबारको दिन कतै जानु परेमा भट्टराईले सरकारी गाडी र सुरक्षा निकाय छोडेर ट्याक्सीको प्रयोग गर्ने गरेको उनी निकटका नेताहरू बताउँछन् ।
बिदाको दिन राजाले बोलाउँदा पनि कहिले काहीँ भट्टराई भेट्न दरबार जाने गर्थे । भट्टराईले कहिले त सरकार आज बिदाको दिन हो भोलि भेटौला भनेर राजालाई जानकारी गराउँथे ।
ठूलाबडाले घुस खाए भ्रष्टाचार गरे विरोध गर्ने पूर्वप्रधानमन्त्री भट्टराईले साना कर्मचारीहरू खरिदार मुखियाले १०–२० रुपिया घुस खानु अपराध होइन भन्ने गर्थे ।
भट्टराईबाट कसैले आफ्नो काम गराउन लोभ देखाउने सम्भावना नै थिएन ।
प्रधानमन्त्री हुनु पहिले भट्टराई कुपोण्डोलस्थित आफ्नो भाञ्जाकी घरमा बस्दै आएका थिए । प्रधानमन्त्री भएर बालुवाटारमा जाँदा भट्टराईले भागवत गीताको पुस्तक, एउटा छाता, सानो टिनको बाक्सा र पानी पिउने माटोको सुरही लिएर गएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।
प्रधानमन्त्रीको पदबाट हटेपछि पनि त्यै मात्र लिएर भट्टराई पुनः भाञ्जाको घरमा नै फर्किएका थिए ।
बिक्रम संवत २०१५ सालमा देशको पहिलो सभामुख भएका भट्टराई करीव दुई दशक जति देशको प्रमुख पार्टी नेपाली कांग्रेसको सभापति भएका थिए । उनी २ पटक प्रधानमन्त्री भएका थिए ।
भट्टराईको कुनै पनि बैंकमा खाता थिएन् । उनको नाममा एक आना जमीनको लालपुर्जा पनि थिएन । अरु सम्पत्ति हुने त कुरै भएन ।
‘तर, भट्टराई जति खुसी, हँसिलो र रसिलो नेता हामीले अहिलेसम्म देखिए जस्तो लाग्दैन’, नेपाली कांग्रेसका एक नेताले बताउँछन् ।
जीवनको अन्तिम समयमा सरकारले ललितपुरको बाडेगाउँमा बनाइदिएको आश्रममा पूर्वप्रधानमन्त्री भट्टराई बसेका थिए । बाडेगाउँको आश्रम अहिले सुनसान छ । त्यसको संरक्षण र सुरक्षामा कसैको ध्यान पुग्न सकेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया