देउवा, खड्का र भट्टराईले तिहारको टीका लगाएनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पटक तिहारको टीका लगाएनन् ।

सभापति देउवाकी बहिनीको निधन भएको एक वर्ष पनि पूरा भएको छैन । सोही कारणले देउवाले टीका नलगाएको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक शोकमा रहेका कारण सभापति देउवाले टीका नलगाएका हुन् । उनले दशैँको टीका पनि लगाएका थिएनन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि तिहारको टीका लगाएनन् । खड्का पनि पारिवारिक शोकमा छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि तिहारको टीका लगाएनन् । उनी पनि पारिवारिक शोकमा रहेका कारण यस पटकको दशैँ र तिहारको टीका लगाएनन् ।

टीका नलगाए पनि उनीहरूले देश, विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई तिहारको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

उनीहरूले तिहारलाई हर्सोल्लासका साथ मनाउन शुभकामना दिएका हुन् ।

Published : Tuesday, 2019 October 29, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया