अबैध हर्कत गर्दागर्दै सत्तारुढ नेकपाका नेता पक्राउ

बेसीशहर । लमजुङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना नेता जुवा खेल्दै गर्दा नगरसहित पक्राउ परेका छन् ।

बेसीशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्ट जुवाको खालबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय लमजुङका नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

अध्यक्ष विष्टसँगै २५ जना जुवाडे जुवाको खालबाट पक्राउ परेका छन् । जुवालाई कानूनले बर्जित गरेको छ ।

बेसिशहर ११ चितीको स्याउतमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २ लाख १६ रकमसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

तिहारका बेला विभिन्न स्थानमा जुवा खेल्न बसेकाहरूलाई धमाधम प्रहरीले पक्राउ गरेका बेला सत्तारुढ दलकै नेता जुवाको खालबाट पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले काठमाडौंबाट दुई करोडभन्दा धेरै रकमसहित गुण्डा नाइके बलबहादुर सापकोटा ‘बले’लगायतलाई पक्राउ गरिसकेको छ ।

Published : Tuesday, 2019 October 29, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया