दाङको बसले ठक्कर दिँदा दुईको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ९ थुम्सीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सोमबार राति गैँडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक गैडाकोट ७ बस्ने वर्ष २४ का प्रकाश सापकोटा र मोटसाइकलमा सवार २५ वर्षका सन्तोष जिसीको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैको पुरानो मोडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको थियो ।

Published : Tuesday, 2019 October 29, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया