चलचित्रका निर्मातासहित आठ जना लमहीबाट पक्राउ

लमही । जिल्ला प्रहरी कार्यालयले दाङले लमही नगरपालिका वडा नं. ५ बाट रत्नप्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेको गोप्य सूचनाका आधारमा आठ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले सोमबार बिहान साढे एक बजे प्रहरीले छापामारेर घरमूली ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठसहित सात जनालाई पक्राउ गरेको हो । श्रेष्ठ लमही बजारका प्रतिष्ठित र ठूला व्यापारी हुन् । उनी नेपाली चलचित्रका निर्माता पनि हुन् ।

‘दाङको लमही नरपालिका वडा नं. ५ लमही बजार बस्ने वर्ष ४८ को रत्नप्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिगएको प्रहरी टोलीले रत्नप्रसाद श्रेष्ठसहित ८ जना मानिसहरूलाई पक्राउ गरिएको छ’, जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुवाको खालबाट १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान ३२ र नगद छ लाख अठहत्तर हजार, पाँच सय बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरूलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडि बढाइनेछ ।

पक्राउ पर्नेमा लमही नगरपालिका बस्ने वर्ष ४१ को प्रकाश खड्का, वर्ष ५५ को कर्णबहादुर बुढाथोकी, वर्ष ५५ को अमरबहादुर तामाङ, वर्ष ५२ को भिविराज किरात, खिम पुन, मुकेश चौधरी, अशोककुमार खड्का रहेका छन् ।

Published : Monday, 2019 October 28, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया