चितवनमा निर्मला काण्डा दोहोर्‍याउन खोज्दै रवि लामिछाने

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरण विथोलिए जस्तै गरेर पत्रकार शालिकराम पुडासैनी प्रकरणलाई पनि प्रभावित तुल्याउन टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनका शुभेच्छुकहरू सक्रिय भएर लागेका छन् ।

एउटा पत्रकारको ज्यान गएको छ । सञ्चारकर्मी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीले ज्यान दिन पुडासैनीलाई उक्साएको अभियोग लागेको छ ।

चितवन प्रहरीले पुडासैनी प्रकरणमा अनुसन्धान र छानविन गरिरहेको छ । लामिछानेसहित तीन जना अभियुक्तलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

तर, लामिछानेका शुभेच्छुकहरूले कुनै व्यक्तिको ज्यान गएको घटनाको अनुसन्धानमा अबरोध हुने गरेर गतिविधि हुन संविधान र कानून विपरित छ ।

संविधान र कानून विपरित जाने अधिकार कसैलाई पनि छैन । यदि कसैले शालिकराम खतिवडा प्रकरणलाई गिजोलेर निर्मला पन्त काण्ड जस्तै बनाउन खोजेको हो भने कसैलाई पनि सैह्य छैन ।

शालिकराम पुडासैनीका परिवारहरू अहिले काजकिरियामा छन् । लामिछानको समर्थनमा उत्रिएका व्यक्ति जस्तै पुडासैनीका परिवार र शुभेच्छुकहरू पनि नारावाजी र घेराउमा आउन सक्छन् । पुडासैनीको पक्षमा पनि जनमत छ । यो कुरा लामिछानेका शुभेच्छुकहरूले भुल्नु हुँदैन ।

निर्मला पन्त प्रकरणमा अभियुक्तलाई जोगाउन शुरूदेखि नै प्रमाण नष्ट गर्नेदेखि अनुसन्धानमा खटिएको प्रहरी र स्थानीय जनताको ध्यान अन्यत्रै मोड्ने काम भएको थियो ।

शालिकराम खतिवडा प्रकरणमा पनि रवि लामिछाने, युवराज कँडेल र सुस्मिता कार्कीलाई छानविनको दायरामा ल्याउन नदिन न्युज २४ टेलिभिजनका पत्रकार दीपक बोहरासहितको टिम सक्रिय भएर लागेको छ ।

प्रहरीको अनुसन्धानलाई प्रभावित तुल्याउने गरेर हर्कत गर्नु उचित होइन । प्रमाण नष्ट गरेर प्रहरीलाई अनुसन्धानमा बाधा व्यवधान गर्न खोज्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

लामिछानेसहितका पक्राउ परेका व्यक्तिहरू निर्दोष छन् भने उनीहरू छुटी हाल्छन् । अहिले नै भिड खडा गरेर अनुसन्धानलाई बिथोल्न खोज्नेहरूसँग प्रहरी प्रशासन सचेत रहनुपर्छ ।

शालिकराम पुडासैनीको भिडियो लामिछानेसहित ३ जनालाई दोषी भनेको छ । यो कुराको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

लामिछानेका अमेरिकन साथी प्रेम बानियाँले अमेरिकाबाट अनर्गल टिकाटिप्पणी गरेर अनुसन्धानलाई प्रभावित तुल्याउनेदेखि समाजलाई भड्काउने खालका अभिव्यक्ति दिइरहेका छन् । कुनै बेला त्यही न्युज २४ टेलिभिजनमा जय स्वाभिमान नामक कार्यक्रम चलाएर अमेरिका भासिएका बानियाँका हर्कत नेपालीहरूका लागि उचित छैनन् ।

नेपाली जनता भड्काउन खोज्ने अमेकिन नागरिक बानियाँलाई पक्राउ गरेर नेपाल ल्याइ कारबाहीको माग उठ्न थालेको छ ।

लामिछानेले पत्रकार पुडासैनीलाई फसाउन युवती प्रयोग गरेको धेरैले टिप्पणी गरेका छन् । अस्मिता र पुडासैनीबीच भएको च्याटको स्क्रिन सर्ट लामिछानेका खास व्यक्ति दीपक बोहराले फेसबुकमा राखेका छन् । त्यति गोप्य कुरा कसरी लामिछानेका साथीले फेसबुकबाट सार्वजनिक गरे भनेर प्रश्न उब्जिएको छ ।

आफ्ना विरोधीहरूलाई लामिछाने यस्तै हर्कत गरेर ठेगान लगाउने गरेको आरोप बेलाबेला लाग्ने गरेको छ । अमेरिकाबाट दुई छोरी र पत्नीलाई छाडेर नेपाल आएका लामिछानेले पत्नीसँग डिभोर्स गरेर अर्बपति उद्धव पौडेलकी छोरी निकिता पौडेललाई विवाह गरेर बसेका छन् ।

Published : Friday, 2019 August 16, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया